कञ्चनपुर, साउन १९
श्रीमानको कुटाइबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।
kutpit
घरायसी विवादमा श्रीमान् चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको गएराति मृत्यु भएको हो ।

लक्ष्मीदेवीको सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो । चन्द्रबहादुरलाई इप्रका त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ ।।