विरेन्द्रनगर । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम कालीकोटबाट एकल सिफारिस गरिएको छ ।
प्रेमबहादुर सिंह, महेन्द्रबहादुर शाही लगायतका जिल्लाका नेताहरूको बसाइँका क्रममा प्रत्यक्षतर्फ प्रचण्डलाई नै सर्वसम्मत गर्ने निर्णय भएको नेकपाका एक जिल्ला तहका नेताले बताए ।
कालीकोटमा अहिलेसम्म लगातार माओवादीले जित्दै आएको छ । कालीकोट साविक माओवादीको जनाधार भएको जिल्ला पनि मानिन्छ । त्यहाँबाट एकल नाम सिफारिस भएपनि प्रचण्ड कहाँबाट चुनाव लड्छन् भन्ने अझै निश्चित छैन ।











