काठमाडौँ । जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरिदिएको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बिहीबार लेखकको स्थानहद फुकुवा गरेको हो ।

आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन र जाँचबुझका लागि भन्दै लेखकसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई विदेश भ्रमणमा रोक लगाइएको थियो । लेखकले आयोगमा बयान समेत दिइसकेका छन् ।