दाङ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशले शनिवार घोराहीमा पत्रकारहरुसँँग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङको समन्वयमा भएको कार्यक्रमका सहभागीहरुले सामाजिक सुरक्षाको अभिन्न अगंका रुपमा रहको बीमाका प्रक्रियाहरु भन्जटिला भएको भन्दै यसलाई सरल, सहज र समावेशी बनाउनुपर्नेमा जोड दिएका थिए । जनताले बीमा गर्ने तर त्यसबाट बीमितले बीमा मापत पाउनुपर्नै रकम प्राप्तलगायतका प्रक्रिया झन्जटिलो भएको भन्दै सहभागीहरुले यसलाई सरल र सहज बनाउन प्राधिकरणले पहल गर्नुपर्ने सुझाएका थिए ।
कार्यक्रममा बीमा प्राधिकरणका कामबारे जानकारी दिदै बीमा प्राधिकरण लुम्बिनी प्रदेशका सहनिर्देशक शिबराज विसीले प्राधिकरणले देशका विभिन्न ३७ वटा बीमा कम्पनीहरुलाई नियमन गर्ने काम गर्दै आएको जानकारी दिए । उनले बीमा नाफामूलक नभइ क्षतिपूरण गर्ने सेवा भएको भन्दै यसलाई सामाजिक सामाजिक सुरक्षाको रुपमा अगाडि बनाउनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले बीमा सम्बन्धी विभिन्न नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औल्याए ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका निर्देशक जमुना अयार्ल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य लिला शाहा, नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सन्दोष सुवेदी, महासंघ दाङका पूर्वअध्यक्ष केबि मशाललगायतले बोलेका थिए ।











