काठमाडौं । तराईका सबैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । चिसो कारण जनजीवन प्रभावित भएको छ ।

विशेष गरी काम गरिखाने मजदुर वर्ग, बालबालिका, ज्येष्ठ नागरिक चिसोले प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।

यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।