काठमाडौँ । जेनजी आन्दोलन सम्बन्धी घटनाको छानविनका लागि गठित जाँचबुझ आयोग तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र पठाएको छ ।
लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनी आयोगले पत्र मंगलवार पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन् ।
आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरु गरेको छ ।
तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी रहेको आयोगले जनाएको छ । तर ओलीले बयान दिन नजाने अड्डी कस्दै आएका छन् ।घटनापछि छानविनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको थियो ।











