दाङ । घोराहीको मार्क इन्टरनेशनल कलेजमा आजदेखि खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीहरुलाई खेलकुदप्रति जागरुक बनाउन र उनीहरूमा रहेको क्षमतालाई उजागर गर्नका लागि कलेजको वार्षिक कार्यक्रम अनुसार खेलकुद कार्यक्रम शुरु गरिएको कलेजका कलेज प्रमुख लालमणी बसेलले जानकारी दिए ।
खेलकुद सप्ताहमा हाजिर जवाफ,चेस, कपर्दी, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रीकेट, फुटसल, तातोआलु, डोरी तान्ने प्रतियोगिता लगायतका खेल समावेस गरिएको छ । प्रतियोगितामा विद्यार्थीहरुले कक्षागत समूह बनाएर भाग लिएका छन् । खेलकुद सप्ताह आगामी शनिबारसम्म चल्ने छ । खेलकुद सप्ताहको पहिलो दिन आज हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।











