काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको काठमाण्डुले दिएको ११२ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य लुम्बिनीले ६ विकेटको क्षतिमा १७ ओभरमा ४ बलमा पूरा गर्यो ।
लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ३३ रन दिए । सन्दीप जोराले २३ रन जोड्दा कप्तान रोहित पौडेलले १८ र निरोशन डीक्वेलाले १४ रन जोडेका थिए ।
दोस्रो क्वालिफायरमा आज लुम्बिनीले विराटनगरसँग खेल्दै छ । अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स खेल हुदैछ ।











