काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरका सबै विकटको क्षतिमा १११ रन बनायो । काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सम्पसन र मोहमद आदिल आलमले १८/१८ र भिम सार्कीले १४ रन बनाए ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन तीन विकेट लिए भने रुवेन ट्रम्पलम्यानले दुई तथा अविनाश गौतमले एक विकेट लिएका थिए । आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । हार्ने टाली बाहिरिनेछ ।