काठमाडौं । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ १०० राजनीतिक दलले आवेदन दिएका छन् । निर्वाचन आयोगमा हिजोसम्मको समयसीमा भित्र १०० दलले निवेदन दिएका हुन् ।
आयोगमा १४३ दल दर्ता भएका छन् । तर समानुपातिकतर्फ ४३ वटा दलले चासो देखाएनन् । आयोगले मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । आयोगको कार्यसूची अनुसार आउँदो पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ ।











