काठमाडौं । नेपाली कांग्रेसले पन प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेको छ।
प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै आइतवार सर्वोच्चमा रिट पेस गरेका हुन्।

कांग्रेसका प्रमुख सचेतक घिमिरेसहित विघटित प्रतिनिधि सभाका ११ जना सांसदले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट पेस गरेको बताइएको छ । सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले विघटनविरूद्ध कांग्रेसका सचेतकसहितले रिट पेस भएको जानकारी दिए । रिट अध्ययनको क्रममै रहेकाले दर्ता भइभने सकेको छैन ।

यता नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्चमा रिट पेस गर्ने भनेर पार्टीले आधिकारिक रूपमा निर्णय नगरेको बताएका छन्।