सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । माओवादीले नेकपा समाजवादीसहितका एक दर्जन बढी घटकसँग एकता गरेर नयाँ पार्टी बनाएपछि शर्माले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।
बुधबार दलको नेताबाट राजीनामा दिए पनि शर्माले अर्को दलमा लागेको पुष्टि भएकाले कर्णाली प्रदेश सभा सदस्यको हैसियतले ‘नेपाली कम्युनिस्ट पार्टीको दलको तर्फबाट नरहने गरी कारबाही गर्न पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय भएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसी बताए । शर्मा जनार्दन शर्माका दाजु हुन् ।
अहिले प्रचण्डले विभिन्न १५ वटा घटकसँग एकता गरेर नेपाली कम्यूनिष्ट पार्टी बनाएका छन् भने माओवादी पार्टी नै नरहेपछि प्रभाकरले प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन् ।










