काठमाडौं । प्रचण्डले माओवादीलाई अन्य आधादर्जन दलहरुसँग मिसाएर गएपछि छुटिएका जनार्दन शर्माले आज साना केही समूह (दल) सँग पार्टी एकता गर्दैछन् ।
प्रचण्डसँग छुटिएपछि गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी र बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति) र सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग बृहत एकता घोषणा सभा आयोजना गरिएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको छ । उनीहरुबीच यसअघि नै एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । एकता घोषणा अघि शनिबार काठमाडौंको त्रिपुरेश्वरमा भेला आयोजना गरिएको थियो ।











