इन्द्रेणी संवाददाता
काठमाडौं, १९ साउन । आज अपराह्न ४ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भोली शितलनिवासमा हुने शपथ ग्रहणका लागि कांग्रेसले एकजना उपप्रधानमन्त्रीसहित थोरै मन्त्री पठाउने भएको छ ।
भोलिको शपथमा शेखर कोइराला सहभागि हुने कांग्रेस निकट श्रोतले बतायो । तर मन्त्रीका आकांक्षी कांग्रेसमा पनि धेरै भएकाले मन्त्री छान्नलाई देउवालाई सकस परेकोछ ।
शपथमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको रुपमा विमलेन्द्र निधि जाँदैछन् । देउवाले भोलिको शपथमा पठाउन तयार पारेका अरु तीनजना हिजो साँझसम्म अप्ठेरा कुरा गरेर समस्यामा पार्दै थिए ।
देउवाले मन्त्री बनाउने टुंगो लगाएका गोपालमान श्रेष्ठ, अर्जुनरसिंह केसी र बालकृष्ण खाँणले निधीको नेतृत्वमा जान नसकिने बताए । आजको जनआस्था साप्ताहिकमा खबर छ ।