हुम्ला। हुम्लाको चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जीप बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सो गाउँपालिका ६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ की वसन्ती बुढा, उनका छोरी र सो वडाको मानबीर बुढा रहेको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए ।
जिपमा चालकसहित नौ जना यात्रु सवार थिए । अन्य छ जना घाइते भएका छन् भने घाइते हुनेमा कैलाश सिरा, चालक बहादुर लामा, हमेन्द्र रोकाया, हंस बुढा, पार्वती बुढा र विमला बुढा छन्। घाइतेको पिप्लाङ स्वास्थ्य चौकीमा उद्धार गरी प्राथमिक उपचार भइरहेको र घाइतेको जिल्लाबाहिर उपचारका लागि उद्धार गर्ने तयारी भइरहेको छ । जीप सडकबाट ३०० मिटर तल खसेको थियो प्रहरीले जनाएको छ।
