काठमाडौं । कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन सर्त राखेको छ । विश्वसनीय र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सरकारसँग सर्त राखेको हो।

२४ भदौको घटनाका दोषीलाई उन्मुक्ति दिने गरी गृह मन्त्रालयबाट जारी विज्ञप्तिले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुने विश्वास दिलाउन नसक्ने कांग्रेसको टिप्पणी छ । विश्वसनीय र शान्तिपूर्ण वातावरण सुनिश्चित नहुँदासम्म निर्वाचनमा जान नसकिने कांग्रेसले बताएको छ ।

गृह मन्त्रालयले नै कारबाही नगर भनेको अबस्थामा अशान्ति र असुरक्षाको बीचमा निर्वाचनमाथि प्रश्न उठ्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकारले दलहरूसँग हालसम्म वार्तासमेत नगरेको भन्दै महतले असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेसले २४ भदौको आगजनी र लुटपाटको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ ।