दाङ । मङ्गलबार राति दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस तुलसीपुर १७ मज्गैस्थित पेट्रोल पम्प नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा घोराही–१० बस्ने १७ वर्षीय सहचालक डेबिट पुन मगर, घोराही–१३ बस्ने ३५ वर्षीय बसधनी गणेश घर्ती मगर, घोराही–३ बस्ने २२ वर्षीया रुपा बोहरा, घोराही–३ बस्ने २८ वर्षीया गीता विक, घोराही–९ बस्ने ३३ वर्षीय जोगिराम चौधरी, घोराही–११ बस्ने ४३ वर्षीय सन्तोष डिसी र तुलसीपुर–१७ मज्गै बस्ने २२ वर्षीय रबि बुढामगर रहेका छन् ।

घाइतेहरुलाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बस अचानक अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिँदा थियो । दुर्घटनापछि चालक नारायण कुवर भने फरार रहेको प्रहरीले जनाएको छ ।