इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा गएराति एक मोवाइल पसलमा चोरी भएको छ । नारायणपुर बजारमा रहेको सुस्मिता मोबाइल सेन्टरमा चोरी भएको हो । पसलको सटरमा लगाएको ताला फोडेर पसलमा चारी भएको हो ।

चोरले पसलमा भएको केही नगद र मोवाइल लगायतका सामान गरी करिव एक लाख बढीको चोरी गरेको पसलका प्रोप्राइटर निमकुमार चौधरीले बताएका छन् । चोरले राति ११ बजेर ५५ मिनेटतिर ताला फोडेको पसलको सीसी क्यामराको रेकर्डमा देखिएको छ ।

सुस्मिता मोबाइल सेन्टर इलाका प्रहरी कार्यालय नारायणपुरको कार्यालयदेखि करिव १०० मिटर पश्चिम मुख्य बजारमै छ । चाड पर्वको समयमा चोरीका घटना बढ्न थालेका छन् । आइतवार राति मात्रै घोराही १५ भिमसेन टोलका तीन वटा पसलमा एकैपटक चोरी भएको थियो ।