काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट कम्तीमा नौ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

मंगलबार मदिरा सेवनबाट बिरामी परेकामध्ये नौ जनाको मृत्यु भएको हो । ३५ जना विभिन्न ६ अस्पतालमा उपचाररत रहेको कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बताएका छन् । यद्यपि, नाम खुलिसकेको छैन ।

अस्पताल भर्ना भएका अधिकांश आइसियूमा छन् । उपचाररत रहेकाहरुको कतिपयको आँखा बन्द भएको, मिर्गौला फेल भएको जस्ता विवरण आएका छन् भने अझै विस्तृत आउन बाँकी रहेको दूतावासले जनाएको छ ।