काठमाडौँ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिने भएको छ । कारागार व्यवस्थापन विभागले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनाउमा रहेका लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्न स्वीकृति दिएको हो ।
विभागको स्वीकृतिपछि जिल्ला कारागार रुपन्देहीले शुक्रबार नै लामिछानेलाई नख्खुमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। हाल रवि रुपन्देही जिल्ला कारागारमा छन् ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार उक्त निर्णयसँगै लामिछानेलाई काठमाडौं ल्याउन प्रक्रिया अगाडि बढाइएको छ ।











