दाङ । दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा शिवपुुराण एवम् श्रृङ्गारिक महाआरती समापनको पूर्वसन्ध्यामा आज एक करोड दिप प्रज्ज्वलन गरिने भएको छ ।
महाआरतीको औपचारिक समापन हुने अघिल्लो दिन आज शुक्रबार भक्तजन र मन्दिरको तर्फबाट एक करोड दिप प्रज्ज्वलन गर्न थालिएको हो ।
आज अपराह्न ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका गरी बेलुकी ६ः३० बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएकाले सबै भक्तजनहरुमा उपस्थितिका लागि आह्वान गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति जारी गर्दै मन्दिरले तेस्रो वर्ष आयोजना गरेको शिवपुराण तथा श्रृङ्गारिक महाआरतीअन्तर्गत हुने एक करोड दिप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन सकै भक्तजनलाई अनुरोध गरेका छन् । यहाँ यही साउन १ गतेदेखि शिवपुुराण एवम् श्रृङ्गारिक महाआरती शुरु भएको थियो ।











