दाङ, १८ साउन
दाङमा आज भएको बस दुर्घटनामा ७ जना घाइते भएका छन । तुलसीपुरवाट घोराहीतर्फ आउँदै गरेको ना ४ ख ३१६७ नं को बस तुलसीपुर ४ राजापुरमा अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । images

बस दुर्घटनामा घाइते भएका ७ जना मध्य ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

उनीहरुको नेपालगन्जमा उपचार भइरहेको छ भने अन्य ३ जनाको तुलसीपुरका स्वास्थ्य संस्थामा उपचार भएको छ ।।