दाङ । थारु राष्ट्रिय मुक्तिमोर्चाको दाङ जिल्ला सम्मेलन आगामी भदौ २८ गते हुने भएको छ । थारु राष्ट्रिय मुक्तिमोर्चाको आज शुक्रबार घोराहीमा बसेको बैठकले मोर्चाको जिल्ला सम्मेलन भदौ २८ गते गर्ने निर्णय गरेको हो ।
जिल्ला संयोजक श्यामेस थारुको अध्यक्षतामा र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा बसेको बैठकले संयोजक श्यामेस र सहसंयोजक प्रकाश चौधरी रहेको ५१ सदस्य सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकले सम्मेलनको लागि प्रचार समिति ,आर्थिक समिति , व्यवस्थापन समिति लगायतका विभित्र उपसमिति समेत बनाएको छ ।
बैठकमा प्रमुख अतिथि इन्द्रजित थारुले नेपालमा गणतन्त्र प्राप्तिको लागि बलिदानको इतिहास लेखेको र वलिदान अनुसारको फल प्राप्त नभएको बताए । दाङमा त्याग र वलिदान थारुले गर्ने फल अरुले खाने समस्यामा समाधान गरेर वास्तविकताको आधार खोज्नुपर्नेमा थारु मोर्चाको अहम् भूमिका रहेको उनको भनाइ थियो ।
बैठकमा मोर्चाका केन्द्रीय सदस्यहरु साउने थारु, मनिराम थारु, पुर्व केन्द्रीय सदस्य रामबहादुर दहित, अन्य सदस्यहरु साकार थारु, राजेश चौधरी, प्रकाश घोटैली, बसन्त थारु, थारु कल्याणकारी सभाका पूर्वसचिव बुद्धि प्रकाश थारु , तुलसीपुर उपमहानगरपालिका १२ का अध्यक्ष खुसीराम चौधरी लगायतले आफ्ना विचार राखेका थिए ।











