सुर्खेत । सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो ।

सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी होमनजंग बुढथापाका अनुसार शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो ।

मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते उनीहरुलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको थियो । ‎उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको थियो ।