कैलाली । कैलाली कारागारमा कैदको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए ।
जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भएका डडेलधुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिस सिंह पालीको असार २ गते कैलाली कारागारमा मृत्यु भएको थियो। राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।











