काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख ‘घुस डिल’ प्रकरणमा तानिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई सोधपुछ र स्वर परीक्षण (भ्वाइस टेस्ट) का लागि आज बोलाएको छ ।

छानबिनका क्रममा अख्तियारले गुप्तालाई बोलाएको र उनको अडियो परीक्षण हुने स्रोतले बताएको छ । उनले घुस रकमको
डिल गरेको अडियोसहित उजुरी दर्ता भएकाले छ । गत २८ पुसमा भएको घुस डिलको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

कास्कीमा भूमि आयोगको अध्यक्ष नियुक्ति र कास्की मालपोत प्रमुखको सरुवा थमौतीका लागि ७८ लाख घुस डिल अडियो सार्वजनिक भएपछि गुप्ताले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिए पनि पदमा बहाल रहँदा गरेको भ्रष्टाचारजन्य कार्य भएकाले उनको छानबिन गर्नुपर्ने माग सार्वजनिक वृत्तदेखि संसद्सम्मै उठेको थियो ।