काठमाडौँ, । घुस लिएको आरोप लागेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताएका छन् । उनले लाखौँ रुपियाँ घूस लिएको श्रव्य सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
गुप्ताले ७८ लाखको घुस ‘डिल’ गरेको अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी छ । गुप्ता नेकपा एमालेबाट पर्सा ३ बाट निर्वाचित सांसद हुन् ।











