दार्चुला । तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुम्लिङ्ग (नेपाल) बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर बुढाथोकी महाकाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
बेपत्ता बुढाथोकीसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेका बेला डोरी चुडिएको हो । सँगै तुइन तरिरहेका अन्य दुई जना भने सकुशल छन् ।











