बाँके । बाँकेमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान भएको छ । जंगलमा घाँस काट्न गएकी बाँके बैजनाथ १ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण ज्यान गएको हो ।
बाँके बैजनाथ १ चिसापानीका तीन जना महिलाहरु शुक्रबार बिहान करिब नौ बजेतिर घाँस काट्ने र च्याउ टिप्ने उद्देश्यले नजिकैको बर्दिया निकुञ्जको जङ्लमा गएको बेला हात्तीको समूहले आक्रमण गर्दा बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अन्य दुई जनाले भागेर ज्यान जोगाउन सफल भए पनि बुढा भाग्न नसक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।











