काठमाडौं । देशका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । गएरातिको वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढी, डुवान र पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो पानी परेको हो । बारा, नवलपरासी, बाग्लुङलगायतका जिल्लामा अत्यधिक वर्षा मापन गरिएको छ ।

त्यस्तै कास्की, पर्वत, अर्घाखाँचीलगायतका जिल्लामा मध्यम वर्षा भएको छ । नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।