काठमाडौँ, १८ साउन । मुलुकको ३९औँ प्रधानमन्त्रीको निर्वाचन भोली हुने भएको छ । व्यवस्थापिका संसदले भोली साउन १९ गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सोमबार सार्वजनिक गरेको छ । सभामुख ओनसरी घर्तीको निर्देशनमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।
सूचना अनुसार आज बिहान ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ । सोही दिन साढे ४ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ । आज उम्मेदवारी दर्ता गराउनेले एक जना समर्थक र एक जना प्रस्तावकसहितको उम्मेदवारीको सूचना साँझ ४ बजेसम्म दर्ता गराइसक्नुपर्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानको धारा २९८ ९२० अनुसार एक साताको समय दिएर साउन १० गते सहमतीय सरकारको आह्वान गर्नुभए पनि दलबीच सहमति हुन नसक्दा बहुमतीय प्रक्रिया अघि बढेको हो ।
राष्ट्रपति भण्डारीले हिजो बहुमतीय आधारमा प्रधानमन्त्रीको चयन गर्न संविधानको धारा २९८ ९३० अनुसार आह्वान गर्नुभएको छ । सोही आह्वान अनुसार संसद् नियमावली २०७३ को नियम ४९ ९२० अनुसार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका हिजो सार्वजनिक गरिएको हो । यसअघि संसद् बैठकमा राष्ट्रपति कार्यालयको पत्र सभामुख घर्तीले पढेर सुनाउनुभएको थियो ।।
