काठमाडौंँ, १८ साउन ।  भूकम्पले भत्काएको धरहरा अझ बृहत र अत्याधुनिक शैलीमा निर्माण गर्न अवधारणागत डिजाइन तयार भएको छ । विभिन्न छवटा कम्पनीमध्येबाट उत्कृष्टका रूपमा छनोट भएको केज कन्सल्ट प्रालिले तयार गरेको प्रारम्भिक डिजाइन सोमबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

new-dharahara-4

कम्पनीका आर्किटेक्चर इन्जिनियर विष्णु पन्थीले नयाँ बन्ने धरहराको डिजाइन गर्नुभएको हो । उहाँका अनुसार ऐतिहासिक स्तम्भका रूपमा रहेको धरहरालाई सोही महìवका साथ अझ सबल र अत्याधुनिक बनाइनेछ ।

त्यसका लागि हाल भएको धरहरा परिसरसँगैको गोश्वारा हुलाक कार्यालय, टक्सार विभाग र सुन्धारा क्षेत्रलाई समेत समेटेर एकीकृत रूपमा विकास गर्नेगरी योजना बनाइएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको हालको धरहरा परिसर विस्तार भएर करिब ४२ रोपनी क्षेत्रफल ओगट्नेछ ।।