काठमाडौंँ, १८ साउन । भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेकाले सप्तरीस्थित खाँडो खोला सीमामा समस्या उत्पन्न भएको र तिलाठी बाँध विवादले उग्र रुप लिएको बताइएको छ ।

nepaalile-badh-भत्काइदिए-640x288खाद्य सुरक्षाका लागि क्रियाशील संस्था फियान नेपाल, खाँडो खोला सीमा बाँधपीडित, युचेप नेपाल र खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिले नेपाल–भारतबीच खुला सिमाना रहेकाले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तेजुलाल चौधरीले उक्त समस्या समाधान गर्न सरकार गम्भीर भएर प्रस्तुत हुनुपर्ने बताउँदै खाँडो नदी संरक्षणका लागि राष्ट्रपति चुरे कार्यक्रममा समेत बजेट राखिए पनि नदी नियन्त्रण गर्न नसकिएकामा चिन्ता गर्नुभयो ।।