काठमाडौं–वर्षात्को बाढी र पहिरोले काठमाडौं जोड्ने मुख्य तीन राजमार्ग पटक–पटक अवरुद्ध हुने गरेका छन् । सडक विभागका अनुसार वर्षात्ले मुग्लिङ–नारायणगढ (३६ किमि), कोदारी राजमार्ग (११३ किमि) र त्रिशूली–धुन्चे–स्याफ्रुबेसी–रसुवागढी (९१ किमि) सडक धेरै अवरुद्ध हुने गरेका छन् ।

road-660x330वर्षा सुरु हुनुअघिदेखि नै मुग्लिङ–नारायणगढ सडकमा यो वर्ष पटक–पटक सुक्खा पहिरो गइरहेको थियो । ‘वर्षा लागेपछि पुनः पहिरो आउन सुरु भएको र घन्टौँ सडक जाम हुने समस्या देखिएको छ,’ सडक विभागका महानिर्देशक माधव कार्कीले भने । सो सडकखण्डको विस्तारको काम भइरहेकाले पनि बढीपहिरो गएको कार्कीले जानकारी दिए ।

रातोपाटी बाट