Members of Constituent Assembly Parliamentary Hearing Special Committeeon during a hearing on Ambassadors from Nepal to Switzerland, Canada and France held at Singha Durbar on Friday. Photo: Kumar Shrestha/RSS

इन्द्रेणी संवाददाता

संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूत र नियोग प्रमुखको सुनुवाइ आजबाट सुरु गर्ने भएको छ । समितिको  बैठकले भोलि सुरुमा प्रस्तावित राजदूत र नियोग प्रमुखविरुद्धका उजुरी वा सूचनाकर्तासँग जानकारी लिएपछि सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो । समिति सदस्य, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार प्रस्तावित २२ जना राजदूत र नियोग प्रमुखमध्ये भोलि चार जनाको भावी कार्ययोजना तथा सोच जानकारी लिने तय भएको छ ।

Members of Constituent Assembly Parliamentary Hearing Special Committeeon during a hearing on Ambassadors from Nepal to Switzerland, Canada and France held at Singha Durbar on Friday. Photo: Kumar Shrestha/RSS
फाइल तस्वीर

मन्त्रिपरिषदको २०७३ वैशाख ७ गतेको बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो । उनीहरू मध्ये ८ जना परराष्ट्र सेवामा कार्यरत् छन् भने १४ जनाको पृष्ठभूमि विभिन्न राजनीतिक दलसँग जोडिएको छ । समितिले सुनुवाइ प्रक्रिया नटुंगिदै प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अगाडि बढाएको भन्दै यसकाबारे मुख्यसचिव र परराष्ट्र सचिवसित जानकारी समेत लिएको थियो ।