काठमाडौं । एएफसी एसियाकप छनोटमा नेपाललाई हराउदै उज्वेकिस्तान भने २२ वर्षपछि एसियाकपमा छनोटमा परेको छ । निर्धारित समय ३–३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा धकेलिएको खेलमा नेपाल ४–२ ले सीमित भयो ।
पहिलो हाफमा ३–१ ले पछि परेको अवस्थामा नेपालले सानदार पुनरागमन गर्दै खेललाई दोस्रो हाफमा ३–३ को अवस्थामा ल्याएको थियो। निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिन पुगेको थियो जहाँ घरेलु टोली उज्वेकिस्तानले बाजी मार्न सफल भयो। पेनाल्टी सुटआउटमा उज्वेकिस्तान सबै चार खेलाडीले गोल गर्दा अन्तिम प्रहार गर्नु परेन।
नेपालक लागि भने सावित्राको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो। दोस्रो प्रहार गीता रानाले गोलमा परिणत गर्दा सविता राना मगरले पनि गोल गर्न सफल भइन्। चौथो प्रहारका लागि आएकी गोलरक्षक अञ्जना राना मगरको प्रहार गोलरक्षकले बचाएपछि नेपाल पराजित हुन पुग्यो। योसँगै नेपाल एएफसी एसियाकप छनोटबाट वाहिरिएको छ ।











