काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ।
पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा तानिएका नेपाललाई विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो।

नगदै ३५ लाख वा बै‌ंक जमानतमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो