काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई धरौटी बुझाएर निस्किन नपाई पुनः प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला अदालते आज उनलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो। आदेशपछि रिहा हुन नपाई उनी समातिएकी हुन्।

उनीविरुद्ध सम्पत्ति सुद्धीकरणमा मुद्दा रहेकाले पक्राउ गरिएको सिआइबीका प्रवक्ता युवराज खड्काले जानकारी दिएका छन् ।