काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कोशी, मधेश, बागमती र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी प्रदेश आंशिक बदली छ। कोशीका केही तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागको केही तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।