
काठमाडौं । अख्तियारले पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद भ्रष्टाचार गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका बहालवाला सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ विरुद्ध मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले परामर्शदाता तथा ठेकेदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
५२ लाख पर्ने शवदाह मेसिन एक करोड ५२ लाखमा खरिद, परामर्शदाता छनोटदेखि मेसिन जडान गर्दासम्म १० करोड ३४ लाख भ्रष्टाचार भएको अख्तियारको ठहर छ । पशुपति घाटमा शव व्यवस्थापनमा चाप परेपछि कोषले दुई शवदाह मेसिन खरिद गरेको थियो ।
मेसिन खरिद गर्दा ठेकेदारसँग मिलेमतो गरेर परामर्श सेवा र ठेक्कामा गरी कुल १० करोड ३३ लाख ९१ हजार हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।










