इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । गाँजाको कारोवार गरिरहेको सूचनाका आधारमा प्रहरीले रोल्पा थवाङ १ घर भई हाल घोराही उपमहानगरपालिका १४ मिलनचोक बस्ने ६३ वर्षकी मायादेवी विकलाई नियन्त्रणमा लिएको हो ।

गाँजाको कारोवार गर्ने गरेको सूचना पाएको प्रहरीले उनको सुत्ने कोठामा खानतलासी गर्दा ९ किलो ८२० ग्राम गाँजा फेला पारेको थियो । त्यस्तै उनको कोठाबाट ५३ ग्राम चरेश पनि फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार लागुऔषधसहित पक्राउ परेकी विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तुलसीपुर ४ घोरनेठी बस्ने २१ वर्षकी प्रतिभा विश्वकर्मालाई पनि प्रहरीले लागुु ब्राउन सुगरसहित पक्रउ गरेको छ । गोप्पे सूचनाका आधारमा उनलाई आज सोमबार तुलसीपुर ७ शिवनगरबाट २६० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।