काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको भएको छलफल निष्कर्षविहीन सकिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको छलफलमा कुनै सहमति जुट्न नसकेपछि निष्कर्ष विनानै छलफल टुंगिएको हो ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरका अनुसार आजको छलफलबाट केही निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी छलफल स्थगित भएको छ ।
गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्ने माग राखेका छन् ।
यातायात व्यवसायीहरुको आन्दोलनका कारण आज देशैभर सार्वजनिक यातायातका साधन चल्न सकेनन् । यातायात नभल्दा सर्वसाधारले सास्ती भोग्नु पर्यो ।











