दाङ । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशमा मनसुनी वायु तथा अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रिएपनि केही दिन सक्रिय नहुने भएकाले ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । अबको तीन दिनसम्म मनसुन अघि बढ्ने सम्भावना कम देखिएको महाशाखाले जनाएको छ ।

मनसुन कोशी प्रदेशमै स्थिर रहने छ । मनसुन भित्रिएकै दिन कोशी प्रदेशमा ठूलो पानी पर्दा सडक, जलविद्युतलगायतका संरचनामा क्षति पुगेको थियो । तत्काल ठूलो पानी पर्ने सम्भावन नभएपनि देशका अधिकांश स्थानमा बदली भने हुने छ ।