दाङ १७ साउन । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको हो ।

featureनेपाल सरकार मन्त्रीस्तरको साउन ९ गते सम्पन्न बैठकद्धारा सहरी विकास मन्त्रालयले साउन ११ गते देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँको अध्यक्षमा मदन अधिकारी र दाङको नारायणपुर नगर विकास समितीको अध्यक्षमा मानबहादुर जिसीलाई दुई बर्षे कार्यकालका लागि मनोनय गरिएको छ ।।