तुलसीपुर १७ साउन ।  तुलसीपुर १० मा रहेको मुनलाईट युवाक्लवले चार समाजसेवी लाइ सम्मान गरेको छ । दोघरे मखख्न टाकुरा सडक खण्ड अन्र्तगत तुलसीपुर १० दमारगाउँ देखि डाँडाखुटि सम्मको सडक मर्मतमा संकलीत रकममा मध्य धेरै रकम सहयोग चार जनालाई आज एक कार्यक्रमका विच सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगी, लक्ष्मण चन्द, वसन्त वलि र निर्मल खडका रहनुभएको छ । सडक मर्मतमा क्लवले स्वैच्छिक सहयोगको आहवान गरेकोमा सम्मानित व्यक्तित्वले प्रतिव् यक्ति ३ हजार आर्थिक सहयोग गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

दमागार मावि देखि कुट्टिसम्मको करिव ३ किलोमिटर सडकमा ग्राभेल सहित मर्मतकार्यमा मुनलाइट युवाक्लवको सक्रियता भएको थियो । सडकमर्मत समितिका संयोजक एवं क्लवका उपाध्यक्ष ढालवहादुर वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने सहभागिहरुले हिलाम्य सडकमा क्लवले ग्राभेलगरी सहज वनाएको भन्दै यस्तै सामाजिक विकासमा अघि वढन क्लवलाई अनुरोध गरेका थिए ।

तीन किलोमिटर सडक मर्मतमा ९० हजार लागेको र त्यसमध्य तुलसीपुर नगरपालीकाको ३० हजार अनुदान सहयोग , स्थानिय उपभोक्तावाट स्वैच्छिक सहयोगमा ६०हजार संकलन भएको जानकारी गराईएको थियो ।।