काठमाडौं । सदनमा प्रतिपक्ष दलहरुका सांसदले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गरेपनि प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गृहमन्त्री रमेश लेखकलाई संसद्मा बोल्न दिने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

भिजिट भिसामा भएको ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेको भन्दै उनको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरण, बिहीबार सरकारले संसद्‌मा पेस गर्ने बजेट लगायत विषयमा छलफल गर्न प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए ।

बैठककै बिचमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नको जवाफ दिने वातावरण बनाइदिन फोन गरेको माओवादीका सांसद लेखनाथ दाहालले बताए ।