काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।

ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेबाट सुरु भएको छ । प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले बैठकमै अनुपस्थित हुने भएकाले प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको हो ।