काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको छ ।

पछिल्लो डेढ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी परेको छ । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले विभिन्न ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । अबको तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।