काठमाडौं । गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।
सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
विस्थापितका लागि तत्काल हेलिकप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन मन्त्री लेखकले निर्देशन दिएका छन् । साथै तत्काल विस्थापितहरूलाई खाने बस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिएका छन् ।
हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ आसपास लेदोसहितको ठूलो पहिरो आएको छ । १ जेठको राति ११ बजेदेखि आएको पहिरोले केही बस्ती समेत उच्च जोखिममा परेका छन् ।










