इन्द्रेणी संवाददाता

तुलसीपुर १७ साउन । पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भखरै पारित भएको शिक्षा ऐन आठौ संसोधन उपयुक्त नभएको बताउनुभएको छ । नयाँ शक्ति नेपाल तुलसीपुर नगर कमिटीले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्याक्रममा आएको प्रश्नको जवाफ दिदै भट्टराईले यस्तो बताउनुभएको हो ।

13908871_1151721361557868_7487330734432255402_o

उहाँका अनुसार आर्थिक परिबर्तन गर्न शिक्षामा आमुल परिबर्तन आउनु पर्छ तर भखरै संसोधन भएको शिक्षा ऐनमा कुनै परिबर्तन आएको छैन् । अहिलेको शिक्षा , ब्यबसायीक मुलक , शिर्जनशील , नयाँ पन दिने खालको हुनपर्ने भएपनि पुरानै खालको शिक्षा ऐन आएको उहाँले बताउनुभयो ।

अब बिद्यार्थीहरुले आफैले सोचेर पढने खालको शिक्षा ऐन आउनु पर्ने भन्दै उहाँले पुरानो शिक्षाले कार्यभार पुरा नहुने तर्क गर्नुभयो । यस्तै उहाँले दलित , उत्पीडित , गरिब बिद्यार्थीलाई निशुल्क शिक्षा दिनु पर्ने पनि बताउनु भएको छ ।।